• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 14, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

नारायणी अस्पतालको १७ करोडको टेन्डरमा मिलेमतोको शंका, निश्चित कम्पनीलाई मात्र फाइदा पुग्ने गरी मापदण्ड

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ बैशाख २४, बुधबार ०७:२५ गते
नारायणी अस्पतालको १७ करोडको टेन्डरमा मिलेमतोको शंका, निश्चित कम्पनीलाई मात्र फाइदा पुग्ने गरी मापदण्ड
108
SHARES
1.2k
VIEWS

वीरगन्ज । नारायणी अस्पतालले करिब १७ करोड ३४ लाख रुपैयाँ बराबरको चार वटा टेन्डर निश्चित कम्पनीले मात्र प्रतिस्पर्धा गर्न सक्ने गरी स्वीकृत गर्ने प्रक्रिया अगाडि बढाएको पाइएको छ। अस्पतालले फरक-फरक प्रकृतिका सामग्रीहरूको एकै प्याकेज बनाएर टेन्डर आह्वान गरेको थियो।

अस्पतालले एक करोड ४० लाखमा ‘क्याथ ल्याब’, तीन करोड ४८ लाखमा ‘युरो सर्जरी’, चार करोड ६० लाखमा ‘मेडिकल इक्वीप्मेन्ट्स’ र सात करोड ८६ लाखमा ‘ओटी सेटअप’ सम्बन्धी मेसिन खरिदका लागि टेन्डर आव्हान गरेको थियो। अन्य सप्लायर्सहरूले मापदण्ड बदनियतका साथ निश्चित कम्पनीको प्रस्ताव मात्र पास हुने गरी बनाएको भन्दै संशोधनको माग गरे पनि सुनुवाइ भएन।

ADVERTISEMENT

चार टेन्डरमध्ये ओटी सेटअप सम्बन्धी मेसिनको खरिद मापदण्डका केही प्रावधान संशोधन गरिए पनि अन्य तीनको जस्ताको त्यस्तै राखियो। अस्पताल प्रशासनले निश्चित कम्पनीलाई फाइदा दिने नियतले खरिद प्रक्रिया अगाडि बढाएको देखिएपछि अन्य सप्लायर्स कम्पनीहरू प्रतिस्पर्धामा सहभागी नै भएनन्। अस्पताल प्रमुख चुमनलाल दासका अनुसार चारवटै टेन्डरमा एक-एक मात्रै प्रस्ताव परेका थिए। प्रतिस्पर्धा हुन नसक्ने अवस्थामा पनि अस्पताल प्रशासनले प्रक्रिया रद्द नगरी एकल प्रस्तावकको प्राविधिक प्रस्ताव स्वीकृत गरेर आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गरेको छ।

वैशाख २२ गते सार्वजनिक सूचना अनुसार चारवटै ठेक्कामा एक-एक मात्र सप्लायर्स कम्पनी छनोट भएका छन्। करिब १२ करोड ४६ लाख रुपैयाँको दुई वटा टेन्डरको प्राविधिक मूल्याङ्कनमा बारा सिम्रौनगढका शशी कुमार श्रीवास्तवको कम्पनी ‘पीएसई लाइफ साइन्सेस प्रालि’ छानिएको छ। यो कम्पनीले सात करोड ८६ लाखको ‘ओटी सेटअप’ र चार करोड ६० लाखको ‘मेडिकल इक्विप्मेन्ट्स’को टेन्डरमा एकल प्रस्ताव पेस गरेको थियो। करिब तीन करोड ४८ लाखको ‘युरो सर्जरी इक्विप्मेन्ट्स’को टेन्डरमा ‘डीबी मेडिसिन सेन्टर’ (सञ्चालक दुश्यन बस्नेत) र एक करोड ४० लाखको ‘क्याथ ल्याब इक्विप्मेन्ट्स’को टेन्डरमा ‘बायोमेड इन्टरनेश्नल प्रालि’ (प्रमुख उमेश अग्रवाल) मात्र छानिएका छन्।

टेन्डरमा अन्तर्राष्ट्रिय स्तरको बोलपत्रलाई निषेध गर्दै राष्ट्रिय स्तरको बोलपत्र विधि अपनाइएको र ३० दिनभित्र सामग्री ल्याइदिनुपर्ने अनौठो सर्त राखिएको छ। यी मेसिन तथा उपकरण विदेशबाट ल्याउनुपर्ने र टेन्डर पाएपछि मात्र प्रक्रिया अगाडि बढाउने हुँदा ३० दिनमा ल्याउन सामान्यतया सम्भव छैन। यसले टेन्डर प्रक्रिया अगाडि बढाउने चरणमै मिलेमतो भएको आशंका बढाएको छ।

अस्पतालले विभिन्न फरक प्रकृतिका सामग्रीलाई एउटै प्याकेजमा राखेको छ, जुन भ्रष्टाचार निवारण ऐन अनुसार भ्रष्टाचार मानिन्छ। खरिद मापदण्ड निश्चित कम्पनीका लागि मात्र मिल्ने गरी बनाइनु र प्रतिस्पर्धालाई सीमित पार्नु पनि भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै स्पष्ट पारेको छ।

टेन्डरको मापदण्ड बनाउन अस्पतालले ‘एमकेयर टेक्नोलोजी’ नामक निजी कम्पनीमा संलग्न बायोमेडिकल इन्जिनियर अमित चौधरीलाई प्रयोग गरेको पाइएको छ, जसले निश्चित कम्पनीलाई फाइदा हुने गरी स्पेशिफिकेशन बनाएको आशंका गरिएको छ। अस्पताल प्रमुख डा. चुमनलाल दासले भने ‘चारवटै टेन्डरमा सिङ्गल बिड मात्र परेको’ भन्ने बहाना बनाएका छन्।

Advertisment Advertisment Advertisment
Previous Post

पहलगाम आक्रमणपछि भारतको पाकिस्तानमा हवाई हमला, ९ आतङ्कवादी अड्डा ध्वस्त दाबी

Next Post

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In