एजेन्सी । पहलगाम आक्रमण भएको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेका ९ वटा आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेको दाबी गरेको छ। भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार, बुधबार राति करिब १ः३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ‘अपरेशन सिन्दूर’ अन्तर्गत यो आक्रमण गरिएको थियो।
भारतले यी तीनै स्थानहरूबाट भारतमा आतङ्कवादी हमलाहरूको योजना बनाइएको र कार्यान्वयन गरिएको दाबी गरेको छ। दैनिक भास्करले पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्टलाई उद्धृत गर्दै बहावलपुरमा भएको हवाई आक्रमणमा परी ३० जनाको मृत्यु भएको जनाएको छ।
यद्यपि, पाकिस्तानको इन्टर(सर्भिसेज पब्लिक रिलेसन्सका निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताएका छन्।
साथै, पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफले पाकिस्तानले दुईवटा भारतीय लडाकु विमान र एउटा ड्रोन खसालेको दाबी गरेका छन्। शरीफले पाकिस्तानी सेना जमिनमै परिचालित रहेको र पाकिस्तानले आत्मरक्षाको अधिकार राख्ने भन्दै हालै त्यसअनुसारको कदम चालिएको जानकारी दिएका छन्।