• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, May 13, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

पोखरियाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग शैक्षिक गुणस्तर सुधारबारे गहन छलफल

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ बैशाख २३, मंगलवार १२:५९ गते
पोखरियाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग शैक्षिक गुणस्तर सुधारबारे गहन छलफल
59
SHARES
650
VIEWS

पोखरिया । पोखरिया नगरपालिकाभित्रका २६ वटा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले प्रधानाध्यापकहरूसँग एक महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ। पोखरिया नगरपालिका वडा नम्बर ४ मा अवस्थित जिल्ला उचाँगल रामदेव कलवार माध्यमिक विद्यालयमा आयोजित यस छलफलमा शैक्षिक सत्र २०८२ लाई प्रभावकारी बनाउने विभिन्न पक्षमा विस्तृत रूपमा विचारविमर्श गरिएको छ ।

बैठकको मुख्य एजेन्डा शैक्षिक सत्र २०८२ मा शिक्षक आन्दोलनका कारण अवरुद्ध भएको पठनपाठनलाई सुचारु गर्दै विद्यार्थीहरूको छुटेको पाठ्यक्रमलाई कसरी सम्पन्न गर्ने भन्ने विषयमा केन्द्रित थियो। प्रधानाध्यापकहरूले यस चुनौतीलाई सामना गर्न विभिन्न उपायहरू सुझाएका थिए।

ADVERTISEMENT

यसैगरी, नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियानलाई सफल बनाउन घरदैलो कार्यक्रम सञ्चालन गरी विद्यालयबाहिर रहेका बालबालिका तथा पढ्ने उमेरका तर विद्यालय छोडेका युवाहरूलाई विद्यालयमा भर्ना गराउने ठोस योजना पनि तय गरिएको छ। नियमित रूपमा कक्षा सञ्चालन गर्ने, शिक्षकहरू समयमै विद्यालय उपस्थित हुने र विद्यालय अवधिभर विद्यालयमै रहने विषयलाई कडाइका साथ पालना गराउने सहमति भएको छ।

विद्यालयहरूको भौतिक पूर्वाधार सुधारलाई पनि बैठकमा प्राथमिकता दिइएको थियो। विशेषगरी, कक्षाकोठामा आवश्यक पर्ने टेबल, कुर्सी, डेस्क, बेन्च, पंखा तथा शौचालयको सरसफाइलगायतका आधारभूत आवश्यकताहरूको व्यवस्थापन र स्तरोन्नति गर्ने विषयमा छलफल भएको छ।

केही आधारभूत विद्यालयहरूमा आईसीटी (सूचना तथा सञ्चार प्रविधि) शिक्षकको अभावका कारण बन्द रहेका कक्षा सञ्चालनका लागि यथाशीघ्र शिक्षक पदपूर्ति गर्ने सम्बन्धमा पनि गम्भीर छलफल भएको कुरा पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहले जानकारी गराए।

नगर प्रमुख प्रदुमन प्रसाद चौहानको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त बैठकमा नगर प्रमुखले शिक्षकहरूले उठाएका जायज सवालहरूको जवाफ दिँदै शिक्षकहरूको लगनशीलता र सक्रियताले नै शैक्षिक सत्र २०८२ को परीक्षामा विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे।

प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहको अध्यक्षतामा भएको बैठकमा शिक्षा शाखा प्रमुख विजय कुमार झा, शिक्षा शाखा सहायक विनोद प्रसाद चौहान, नगर प्रहरी इन्चार्ज दिनेश प्रसाद चौहान, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू ओमप्रकाश प्रसाद रौनियार, शंकर प्रसाद रौनियार, लालबाबु प्रसाद चौहान, रामबाबु प्रसाद चौहान, पारस ठाकुर हजामलगायत अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

Advertisment Advertisment Advertisment
Previous Post

सुनको मूल्यमा भारी वृद्धि, एकैदिन ५ हजार ३०० रुपैयाँले बढ्यो

Next Post

वीरगन्ज मेनरोड विस्तारमा मध्यममार्गी बाटो, २५ मिटरको योजनाबाट पछि हट्ने संकेत

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In