विरगंज । सुनको मूल्य आज एकैदिन प्रतितोला पाँच हजार ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेको छ। चाँदी आज प्रतितोला एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबार एक हजार ९१० रुपैयाँ थियो।