काठमाडौं । त्रिभुवन राजपथको नागढुंगा–पिप्लामोड सडक निर्माण तथा सुधारका लागि नागढुंगा–नौबिसे खण्ड आज रातिदेखि बन्द गरिने भएको छ।
नागढुंगा–मुग्लिङ सडक योजनाले जारी गरेको सूचना अनुसार आज रातिदेखि २०८२ साल जेठ ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण कार्य गरिनेछ।
यस अवधिमा काठमाडौंबाट जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा र नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिनेछन्।
आयोजनाले यात्रुहरूलाई सीतापाइला–भीमुढंगा–रामकोट–धार्के र सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ।
रोकिएका सबै सवारीसाधनलाई बिहान ३ बजेपछि मात्र गन्तव्यतर्फ जान दिइने योजनाले जनाएको छ।