काठमाडौं । काठमाडौं महानगरपालिका–९ पिंगलास्थानस्थित पशुपति भिजन अगाडि स्रोत नखुलेको नगदसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार, उनीहरूको साथबाट ९५ लाख १७ हजार ५०० रुपैयाँ बरामद गरिएको हो।
दुईवटा मोटरसाइकलमा शंकास्पद अवस्थामा सवार उनीहरूलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा काठमाडौंको तार्केश्वर नगरपालिका–३, फेदी घर भएका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोसी नगरपालिका– १ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन्।