काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार सिंहदरबारमा संक्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल भएको छ। माओवादीका उपमहासचिव वर्षमान पुनले यस छलफलको जानकारी दिएका छन्।
छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी पीडित पक्ष र विभिन्न सरोकारवालाहरूले उठाएका विषयहरूमा चर्चा भएको थियो। साथै, यस विषयमा भइरहेको प्रक्रियाबारे पनि छलफल भएको थियो।
पुनले भने, “टीआरसीसम्बन्धी पीडित पक्ष र विभिन्न सरोकारवालाहरूले उठाएका, चर्चा भएका विषयहरूमा र त्यसबारेमा भइराखेको प्रक्रियाका बारेमा छलफल भयो। प्रधानमन्त्रीज्यूले हाल भइराखेका प्रक्रिया, पीडितहरूले उठाएको सरकारका विषयहरूमा छलफल भयो।”
उनले यो प्रक्रिया सकारात्मक रूपमा अघि बढेको जानकारी पाएको बताए। “यो प्रक्रिया सकारात्मक रूपमा अघि बढेको पायौँ। कहाँ पुग्यो के भइराखेको छ भन्ने जानकारी गरायौँ,” उनले थपे।