वीरगन्ज । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग, नेपाल पोखरिया नगर कमिटीको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले सर्वसम्मतिले २१ सदस्यीय नगर कमिटी चयन गरेको छ, जसको अध्यक्षमा कृष्णमोहन ठाकुर निर्वाचित भएका छन्।
नवनिर्वाचित नगर कमिटीका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष रामलाल बैठा, महिला उपाध्यक्ष प्रमीला देवी, सचिव नन्दकिशोर चौहान, सह(सचिव नवीन गिरि र कोषाध्यक्ष जगदीश महतो रहेका छन्।
सम्मेलनमा विजय महतो, रामद्रश कुशवाहा, बाबुराम कौशिक, मो. कदम रसुल, पन्नालाल प्रसाद कुर्मी, शत्रुघ्न गिरी, विदुर गुप्ता, सन्तोष पटेल, शोभाला ठाकुर र लक्ष्मीनारायण साह लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
नवनिर्वाचित अध्यक्ष कृष्णमोहन ठाकुरले युवाहरूलाई एकजुट बनाएर नगर विकास र पार्टीको लक्ष्य हासिल गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा सहभागी नेताहरूले नवनिर्वाचित कमिटीलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्।