वीरगंज । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल, वीरगंज महानगर कमिटीको प्रथम सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। सम्मेलनले सर्वसम्मतिले क. विकास पटेललाई अध्यक्षमा चयन गरेको छ ।
महानगर इन्चार्जमा क. महेश पटेललाई सिफारिस गरिएको छ। यसैगरी, कमिटीको वरिष्ठ उपाध्यक्षमा नेहाल खान, उपाध्यक्षमा प्रियंका खड्का र अरुण साह, सचिवमा निरज सह, सहसचिवमा नितेश साह र महम्मद उडक्न सिद्दिकी, तथा कोषाध्यक्षमा पंकज राम चयन भएका छन्।
सम्मेलनले ४१ सदस्यीय नगर कमिटी गठन गरेको छ। उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज विजय महतोको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथिहरुमा रामदरश कुश्वाहा,
बालेश्वर थारु, बाबुराम कौशिक, सुरेन्द्र गुप्ता, मोहम्मद कदम रसुल, पूर्व प्रदेशसभा सदस्य पश्मिना कादरी, वाईसियल केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज संतोष पटेल, जिल्ला संयोजक दीपेन्द्रसिंह पटेल लगायतको उपस्थिति रहेको थियो ।