वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले आज शोक बिदाको घोषणा गरेको छ। महानगरपालिकामा कार्यरत अधिकृत स्तर छैठौं तहका झुना महराको असामयिक निधनका कारण आज कार्यालय बन्द गरिएको हो। महराको वैशाख १८ गते निधन भएको थियो।
महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै महराको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। साथै, दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
नगर प्रमुख राजेशमान सिंहको उपस्थितिमा दिवंगत महराको सम्झनामा शुक्रबार बिहान १०ः३० बजे वीरगञ्ज महानगरपालिकाको प्राङ्गणमा शोक सभा आयोजना गरिएको छ।
यसैगरी, महानगरपालिकाले आज अत्यावश्यक सेवाहरू बाहेक सम्पूर्ण कामकाज बन्द रहने जानकारी गराएको छ। प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जारी गरेको सूचनामा आज महानगरपालिकाका सम्पूर्ण कार्यालय र सेवाहरू बन्द रहने उल्लेख छ।