• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, May 11, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

नाडामा पहिरो: वरिष्ठ उपाध्यक्षबाट आकाश गोल्छा सदस्यमा घटुवा

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ बैशाख १९, शुक्रबार ११:१६ गते
नाडामा पहिरो: वरिष्ठ उपाध्यक्षबाट आकाश गोल्छा सदस्यमा घटुवा
22
SHARES
241
VIEWS

काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालमा चुनावअघिदेखि नै जारी रहेको अध्यक्ष करण चौधरी र वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाबीचको विवाद थप चर्केको छ। विधान संशोधनको प्रक्रिया नपुगेको भन्दै चौधरीले वरिष्ठ उपाध्यक्ष गोल्छालाई कार्यसमिति सदस्यमा घटुवा गरेपछि यो विवाद सतहमा आएको हो।

डेढ वर्षअघिको महाधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका चौधरी र गोल्छाबीच सहमति भएको थियो, जसमा चौधरी अध्यक्ष र गोल्छा वरिष्ठ उपाध्यक्ष हुने उल्लेख थियो। सहमतिअनुसार अर्को कार्यकालमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने गरी विधान संशोधनसमेत गरिएको थियो।

ADVERTISEMENT

यद्यपि, निर्वाचनपछि पनि यी दुई नेताबीचको सम्बन्ध सहज हुन सकेको थिएन। यसबीचमा गोल्छाले राजीनामा दिने चर्चासमेत चलेको थियो। तर, हालै चौधरीले अप्रत्याशित रूपमा गोल्छालाई वरिष्ठ उपाध्यक्षको पदबाट हटाएर साधारण सदस्यमा सीमित गरिदिएका छन्।

नाडाको ४७औँ साधारण सभाले वरिष्ठ उपाध्यक्षको पद सिर्जना गर्नुका साथै उक्त पदमा रहेका व्यक्ति स्वतः अर्को कार्यकालको अध्यक्ष हुने गरी विधान संशोधन गरेको थियो। सोही निर्णयअनुसार आकाश गोल्छा वरिष्ठ उपाध्यक्ष बनेका थिए। कार्यसमितिले अभिक ज्योती र निशान ढकाललाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो। तर, उक्त साधारण सभाले गरेको विधान संशोधनलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गराई स्वीकृति लिनुपर्नेमा नाडा नेतृत्वले त्यसो नगरेको बताइएको छ।

नाडाको ४८औँ साधारण सभा सम्पन्न भइसक्दा पनि अघिल्लो साधारण सभाको विधान संशोधन प्रस्ताव जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जानकारी नगराइएको पाइएको छ। जिल्ला प्रशासन कार्यालयले संशोधित विधानलाई मान्यता नदिएपछि सोहीअनुसार बनेका पदाधिकारीलाई कार्यालयले स्वीकार नगरेको नाडाका पदाधिकारीहरू बताउँछन्। नाडाका एक कार्यसमिति सदस्यका अनुसार अध्यक्ष करण चौधरीले वरिष्ठ उपाध्यक्ष गोल्छालाई सुरुदेखि नै बाइपास गर्न खोजेका थिए र सोही कारण विधान संशोधनबारे सीडीओ कार्यालयलाई जानकारी नगराई गोल्छालाई अहिले सोही व्यवस्था देखाएर सदस्यमा घटुवा गरिएको हो।

यद्यपि, स्रोतहरूका अनुसार गोल्छा अर्को समानान्तर संस्था नाइमा सक्रिय भएको झोकमा चौधरीले यो कदम चालेका हुन्।

वरिष्ठ उपाध्यक्षबाट सदस्यमा घटुवा गरिएकोबारे आफूलाई औपचारिक जानकारी नभएको आकाश गोल्छाले बताएका छन्। उनले सीडीओ कार्यालयले विधान संशोधनलाई मान्यता नदिएको सत्य भए पनि त्यो सचिवालयको ढिलाइको कारण भएको र कार्यसमितिमा यसबारे लिखित निर्णय भएको जानकारी नभएको बताए। गोल्छाले वरिष्ठ उपाध्यक्षसँगै मनोनित सदस्यहरू निशान ढकाल र अभिक ज्योतीलाई पनि आमन्त्रित सदस्यमा घटुवा गरिएको जानकारी दिए।

नाडाका एक सदस्यले अध्यक्ष करण चौधरीले अन्य पदाधिकारीसँग छलफल नै नगरी एकलौटी रूपमा गोल्छा, ढकाल र ज्योतीलाई पदबाट हटाएको आरोप लगाएका छन्। उनले चौधरीको एकल निर्णय गर्ने शैली र निजी कम्पनी जसरी चलाउने प्रवृत्तिले नाडा फुटेर नाइमा खुलेको र अहिलेको निर्णयले नाडालाई थप कमजोर बनाएको बताए।

नाडाका सदस्यहरू वरिष्ठ उपाध्यक्ष पद हटाउने भए साधारण सभामा लैजानुपर्ने धारणा राख्छन्। कार्यसमितिले पास गरेको पदलाई सीडीओ कार्यालयले मान्यता नदिए साधारण सभामा छलफल गरी निर्णय गर्नुपर्ने उनीहरूको भनाइ छ। व्यक्तिगत रूपमा निर्णय गर्दा नाडामा सधैँ विवाद भइरहने उनीहरूको चिन्ता छ।

Advertisment Advertisment Advertisment
Previous Post

भुवनेश्वरमा नेपाली विद्यार्थी प्रिसा साहको मृत्यु, आमाबुवा आज जाँदै

Next Post

वीरगंजमा विपन्न समुदायका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In