विरगंज । भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिसा साहको मृत्यु भएको छ। प्रिसाका आमाबुवा आज (वैशाख १९ गते, शुक्रबार) ओडिशाको भुवनेश्वर पुग्ने भएका छन्। भुवनेश्वर–कटक प्रहरी आयुक्त सुरेशदेव दत्त सिंहले भारतीय समाचार संस्था पीटीआईलाई यसबारे जानकारी दिएका हुन्।
कम्प्युटर विज्ञानकी स्नातक प्रथम वर्षकी छात्रा प्रिसा पर्साको वीरगन्ज निवासी थिइन्। स्थानीय प्रहरीका अनुसार, साहका अभिभावक पुगेपछि शवको पोस्टमार्टम गरिनेछ। उनी बिहीबार साँझ होस्टेलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
उनको शव भुवनेश्वरस्थित एम्स अस्पतालमा पठाइएको छ। प्रहरी आयुक्त सिंहले इन्फोसिटी प्रहरी कार्यालयमा प्रिसाको अस्वाभाविक मृत्युको मुद्दा दर्ता गरिएको जानकारी दिएका छन्।
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३