काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल राष्ट्र बैंकको गभर्नर तत्काल नियुक्त गर्न माग गरेका छन्। आज प्रतिनिधि सभा बैठकमा उनले सिफारिस समिति तुरुन्त बनाएर गभर्नर नियुक्त गर्न माग गरेका हुन्।
उनले बजेट अधिवेशनमा मौद्रिक नीति र वित्तीय नीतिको मूल्यांकन गर्ने बेलामा गभर्नर नहुँदा अर्थतन्त्रमा परेको असरबारे राम्ररी व्याख्या गर्न नसकिने अवस्था सिर्जना भएको बताए। त्यसैले, उनले सरकारलाई तुरुन्त सिफारिस समिति गठन गरी गभर्नर नियुक्त गर्न आग्रह गरेका छन्।
हाल नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त रहेको छ।