वीरगञ्ज । एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपाल एकाइ समिति, ठाकुर राम बहुमुखी क्याम्पस, वीरगञ्जको अधिवेशन सम्पन्न भएको छ। आज सम्पन्न अधिवेशनले इन्द्र प्रसाद भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
अधिवेशनमा सर्वसम्मत रूपमा चयन भएका अन्य पदाधिकारीहरूमा सचिव शिवनारायण साह, कोषाध्यक्ष लक्ष्मण बहादुर कुँवर र सदस्यहरू कुमारदास मानन्धर, डा। गिताकुमारी एन, शिवनाथकुमार सहनी र राजेन्द्रप्रसाद चौधरी रहेका छन्। नयाँ कार्यसमिति ७ सदस्यीय रहेको छ।
संगठनका एकाइ अध्यक्ष अजयकुमार झाको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक डा. विरेन्द्रकुमार मिश्र र सहप्रा हरि बहादुर वैद्यको विशेष आतिथ्यता रहेको थियो।
यसैगरी, केन्द्रीय उपाध्यक्ष विरेन्द्र प्रसाद शाह, नेपाल प्राध्यापक संघका केन्द्रीय सदस्य एवं संगठनका केन्द्रीय सदस्य रघुनाथ चौरसिया, संगठनका केन्द्रीय सदस्यहरू विनोद साह र संजय श्रेष्ठलगायत एकाइ समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।
विद्यावारिधि गरेका प्राध्यापकहरु सम्मानित
कार्यक्रममा संगठनका कोषाध्यक्ष लक्ष्मण बहादुर कुँवर र सदस्य जनता राउतले गणित विज्ञानमा विद्यावारिधि गरेकोमा उनीहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रममा विगतका कामहरूको समीक्षा गर्नुका साथै आगामी दिनमा अझ सशक्त ढंगले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।