पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ मा आइतबार राति भएको जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने चालकसहित दुई जना घाइते भएका छन्।
असारेबाट ठूलोपोखरीतर्फ जाँदै गरेको लु ३ च २३५७ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो।
दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका–१ असारेका २२ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनिल मल्लले जानकारी दिए।
दुर्घटनामा २७ वर्षीय जिप चालक रञ्जन रेस्मी र २२ वर्षीय सरोज बुढा घाइते भएका छन् र उनीहरुको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ।