इलाम। इलाममा ५२ वर्षीया भूमिका चापागाईंको हत्या गरेको आरोपमा प्रहरीले माई नगरपालिका–४, सिंजालीटारका ४२ वर्षीय शान्तिराम दुलाललाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार उनलाई शुक्रबार राति पक्राउ गरिएको हो।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी भूमिकाको झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।