१२ वैशाख, काठमाडौं । शिक्षक महासंघका नेताहरूलाई सिंहदरबारको गेटमा रोकिएको छ। उनीहरू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ताका लागि जान लागेका थिए। महासंघका महासचिव तुलाबहादुर थापाले गेटबाट भित्र छिर्न नदिएपछि फर्किने तयारीमा रहेको बताएका छन्।
शिक्षामन्त्री रघुजी पन्तको सचिवालयले गेटमा २५ जनाको नाम टिपाएको जनाएको छ, तर ती सबै वार्तामा सहभागी हुने व्यक्ति भने होइनन्। मन्त्रालयका एक अधिकारीले गेटमा रोकिएको कुरा आएको र सहजीकरणको प्रयास भइरहेको बताएका छन्।
सरकारको तर्फबाट शिक्षामन्त्री पन्तले आजै वार्ताका लागि बोलाएपछि महासंघका नेताहरू दिउँसो ३ बजे मन्त्रालय जान तयार भएका थिए।