काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।
राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज अपराह्न चार बजे शीतल निवासमा शपथ ग्रहण गराउन लागेका हुन्।
विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन्। पन्त नेकपा एमालेकै सांसद हुन्। शपथ ग्रहणपछि उनले आजै कार्यभार सम्हाल्ने कार्यक्रम छ।