काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लगाएको आयात करको प्रतिकारस्वरूप चीनले अमेरिकी कम्पनी बोइङका विमानहरू धमाधम अमेरिका फिर्ता पठाइरहेको छ।
बीबीसीका अनुसार, चीनले अहिलेसम्म दुईवटा विमान फिर्ता पठाइसकेको छ भने अर्को एउटा विमान पनि अमेरिका फिर्ता जाने क्रममा छ। बोइङ विमान निर्माता कम्पनीका प्रमुख केली ओर्टबर्गले चीनले अमेरिकाबाट अर्डर गरेका विमानहरू फिर्ता पठाएको स्वीकार गरेकी छिन्।
आयात करका कारण दुई देशबीच व्यापारिक तनाव बढ्दै गएपछि चीनले यो कदम चालेको हो। बोइङका मुख्य कार्यकारी अधिकृतले यस वर्ष थप ५० वटा विमान चीन पठाउन लागिएको बताए पनि चिनियाँ ग्राहकहरूले ती विमानको डेलिभरी नलिने संकेत दिएको सीएनबीसी न्युजलाई जानकारी दिएका छन्।
अमेरिकाले चीनबाट आउने वस्तुहरूमा १४५ प्रतिशत आयात कर लगाएको छ। त्यसको जवाफमा चीनले पनि अमेरिकी उत्पादनमा १२५ प्रतिशत आयात कर लगाएको छ। यस कारण अमेरिकी विमान चीनमा निकै महँगो पर्न गएको छ।