• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगंज अब बन्नेछ चिटिक्क: पान व्यवसायीको साथ, फोहोर गर्नेलाई कानुनी कारबाही!

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ बैशाख १०, बुधबार ११:२४ गते
वीरगंज अब बन्नेछ चिटिक्क: पान व्यवसायीको साथ, फोहोर गर्नेलाई कानुनी कारबाही!
58
SHARES
647
VIEWS

वीरगंज । वीरगंजलाई सफा, स्वच्छ र सुन्दर बनाउने महानगरपालिकाको अभियानमा अब पान व्यवसायीहरूले पनि साथ दिने भएका छन्। जथाभावी पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरी फोहोर गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न वीरगंज महानगरपालिका र पान, गुट्का तथा सुर्तीजन्य पदार्थ व्यवसायी संघबीच महत्वपूर्ण सहमति भएको छ।

सहमति अनुसार अब वीरगंजका सबै पान पसलहरूमा अनिवार्य रूपमा डस्टबिन राखिनेछ। व्यवसायीहरूले आफ्ना ग्राहकहरूलाई जथाभावी थुक्न र फोहोर गर्न नदिन सचेत गराउने छन्। यसका साथै, गुट्खा तथा सुर्तीजन्य पदार्थहरूको खुल्ला बिक्री वितरणमा कडाइ गरिने भएको छ। विशेषगरी विद्यार्थीहरूलाई यस्ता पदार्थ बिक्री गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ भने विद्यालय र अस्पताल क्षेत्र वरपर यस्ता पसलहरू राख्न पाइने छैन।

ADVERTISEMENT

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले यो पहल वीरगंजलाई स्वच्छ र मर्यादित शहर बनाउने प्रतिबद्धताको एक महत्वपूर्ण हिस्सा भएको बताए। उनले भने, “हामी वीरगंजलाई साँच्चिकै सुन्दर शहर बनाउन चाहन्छौं र यसका लागि सबैको सहयोग आवश्यक छ।”

पान व्यवसायी संघ पर्साका अध्यक्ष लाल बहादुर चौरसियाले पनि सहमतिमा हस्ताक्षर गर्दै सामाजिक उत्तरदायित्व बहन गर्न आफूहरू तयार रहेको बताए। उनले विद्यालयका बालबालिका, बिरामी र अन्य नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै अनुशासित बिक्री प्रणालीमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

यति मात्र होइन, व्यवसायी संघले अब पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरेर जथाभावी नथुक्न र फोहोर नगर्न सचेतनामूलक र्याली प्रदर्शन गर्ने पनि भएको छ। यसले नागरिकहरूलाई आफ्नो शहरलाई सफा राख्न थप प्रेरित गर्ने विश्वास लिइएको छ। साथै, सबै पान व्यवसायीहरूले महानगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र आफ्नो व्यवसाय सञ्चालन गर्ने भएका छन्।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले अब बजार अनुगमनलाई तीव्र बनाइने र नियम उल्लंघन गर्नेलाई कडा कारबाही गरिने बताए। उनले नागरिकहरूलाई पनि सचेत रहन आग्रह गरे।

सार्वजनिक हितका लागि गरिएको यो सहकार्यले वीरगंजको सफाइ अभियानमा एक नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ। अब वीरगंजवासीले चिटिक्क र सफा शहरमा सास फेर्न पाउने आशा पलाएको छ।

Advertisment Advertisment Advertisment
Previous Post

रोबर्टो कार्लोसको आगमनसँगै नेपाली फुटबलमा विश्वचर्चित खेलाडीको लहर

Next Post

दक्षिण कश्मीरमा सुरक्षा बल र आतंककारीबीच मुठभेड, पहलगाम हमलापछि कारबाही तीव्र

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In