धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशुली नदीमा आइतबार साँझ दुई जना सवार मोटरसाइकल खसेको छ।
सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली उद्धारका लागि खटिएको थियो। टोलीले रोप रेस्क्यु र स्टेचरको प्रयोग गरी मोटरसाइकल र एक घाइतेलाई नदीबाट बाहिर निकालेको छ।
बा. प्र. ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल फेला परेको छ भने मोटरसाइकलमा सवार एक जनाको उद्धार भएको छ। अर्का एक व्यक्ति बेपत्ता भएको आशंकामा गोताखोरले नदीमा खोजी जारी राखेको छ।
घाइतेसँग मीनबहादुर तामाङ लेखिएको नगदी रसिद फेला परेको र उनलाई गजुरी अस्पताल लगिएको प्रहरीले जनाएको छ।