काठमाडौं । श्री रामानन्दीय श्री वैष्णव संघ, जनकपुरधामले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक विदा दिन माग गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएको छ।
जानकी मन्दिर जनकपुरधामका महन्त रामरोशन दास वैष्णवसहितको टोलीले आइतवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै जानकी जन्मोत्सव विश्व सम्पदा सूचीमा रहेको जनकपुरधाममा मनाइने भएकाले यसको विश्वव्यापी पहिचान रहेको बताए। महन्त वैष्णवले सीताको जन्मोत्सव विश्वका सनातनीहरूले मनाउने पर्व भएकाले यसलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गर्नुपर्ने माग गरे।
यस वर्ष वैशाख २३ गते परेको जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गरी देशभर सार्वजनिक विदा दिन प्रधानमन्त्री, गृहमन्त्री र संस्कृति तथा पर्यटन मन्त्रीसमक्ष आग्रह गरिएको छ। महन्त वैष्णवले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गर्नु मातृशक्तिको सम्मानमा ऐतिहासिक निर्णय हुने र यसले राष्ट्रिय एकता तथा देशको पहिचान झल्काउने बताए। राष्ट्रिय पर्वमा सार्वजनिक विदा दिने परम्परा रहेकाले जानकी जन्मोत्सवमा पनि विदा दिनु न्यायोचित हुने उनको भनाइ छ।
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३