सिमरा । सिमरा । मधेश प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको पूर्वतयारी अन्तर्गत बिहीबार निजी क्षेत्रका विभिन्न संघ संस्थाहरुसँग बृहत छलफल कार्यक्रम आयोजना गरेको छ ।
छलफलको क्रममा प्रदेश महासंघका अध्यक्ष अशोक टेमानीले मधेश प्रदेशका आठवटै जिल्लामा औद्योगिक क्षेत्रको स्थापना, औद्योगिक क्षेत्रमा लगानीको सम्भावनाको विकास, आठवटै जिल्लामा कृषि बजारको स्थापनामा जोड दिएका थिए ।
त्यस्तै प्रदेशमा उत्पादित वस्तुहरुको प्रदर्शनी केन्द्रको स्थापना, सबै प्रकारका सडक सञ्जाल भएको बीरगंज जस्तो स्थानमा बृहत प्रदर्शनी केन्द्रको स्थापना, कृषि क्षेत्रको व्यवसायीकरणका लागि प्रदेश सरकारले नीति ल्याउनुपर्ने र जनकपुरधामलाई पर्यटकीय नगरीको रुपमा विकास गर्नुपर्ने लगायतका महत्वपूर्ण सुझाव तथा सल्लाहहरु प्रस्तुत गरेका थिए ।
उक्त छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ – मधेश प्रदेशका अध्यक्ष अशोक कुमार टेमानी, उपाध्यक्ष जितेन्द्र महासेठ, बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष श्री हरि प्रसाद गौतम, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राज कुमार साह, रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवाल,
महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र चौधरी, जनकपुरधाम उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष श्री गौतम कुमार साह लगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।