• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, July 3, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

नेपालमा अटोमोबाइलको ‘लुटतन्त्र’ पर्दाफास : वर्षौंदेखि उपभोक्ता ठगिदै, राज्य बेखबर !

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ बैशाख २, मंगलवार १०:४७ गते
नेपालमा अटोमोबाइलको ‘लुटतन्त्र’ पर्दाफास : वर्षौंदेखि उपभोक्ता ठगिदै, राज्य बेखबर !
18
SHARES
196
VIEWS

वीरगन्ज । नेपालको अटोमोबाइल बजारमा एउटा गम्भीर रहस्यको पर्दाफास भएको छ । उपभोक्तामाथि वर्षौंदेखि चरम ठगी १ सवारीसाधन आयातकर्ताहरूले पुराना मोडलका गाडीलाई नयाँ भनेर चर्को मूल्यमा बिक्री गरी ‘लुटतन्त्र’ मच्चाइरहेको सनसनीपूर्ण खुलासा भएको छ ।

यस गैरकानुनी धन्दामा यातायात व्यवस्था कार्यालयका कर्मचारीहरूको समेत संलग्नताको आशंका गरिएको छ, जसले यो प्रकरणलाई थप रहस्यमय बनाएको छ ।

ADVERTISEMENT

राज्यले सवारीसाधन आयातबाट राम्रै राजस्व संकलन गरिरहेको भए पनि, आयातकर्ताहरूको मनोमानीले उपभोक्ताहरू भने खुलेआम ठगिइरहेका छन् । उनीहरूले अनेक तिकडम अपनाउँदै – कहिले अनावश्यक खर्च देखाएर, कहिले पुरानो उत्पादन मितिका गाडीलाई नयाँ मोडलको बिल्ला भिराएर – ग्राहकको ढाड सेक्ने काम गरिरहेका छन् ।

यो ठगीको जालो सानो इलेक्ट्रिक रिक्सादेखि ठूला विद्युतीय र इन्धनबाट चल्ने सवारी साधनसम्म फैलिएको पाइएको छ । उदाहरणका लागि, एउटा सामान्य इ(रिक्सा आयात गर्दा भन्सार, भ्याट र सडक दस्तुरसहित पाँच हजार रुपैयाँ लागत देखाउने र अन्य खर्च दुई हजार थपेर त्यसमाथि २० प्रतिशत नाफा असुल्ने गरिएको छ ।

कसरी हुन्छ ठगीको खेल ?

यो ठगीको रहस्य भेइकल आइडेन्टिफिकेशन नम्बर (भीआईएन) मा लुकेको छ । विश्वभरका सवारीसाधनको १७ अंकको यो विशिष्ट नम्बरले गाडीको जन्मदेखिको विवरण बोकेको हुन्छ । तर, यही नम्बरको दशौं अंक, जसले गाडी उत्पादन भएको वर्षलाई संकेत गर्छ, त्यहीँनिर जालसाजी हुने गरेको पाइएको छ ।

नेपालमा टाटा गाडीको आधिकारिक आयातकर्ता सिप्रदी ट्रेडिङले आयात गरेको नेक्सजोन ईभीको उत्पादन मिति २०२१ भए पनि, ग्राहकलाई बिक्री गर्दा ब्लुबुकमा २०२३ उल्लेख गरिएको पाइएको छ ।

यसरी, आयातकर्ताहरूले पुरानो मितिका गाडीको कागजातमा हेरफेर गरी नयाँ उत्पादन वर्ष देखाउँछन् र त्यसैलाई नयाँ मोडल भन्दै महँगोमा बिक्री गर्छन् । उपभोक्ताले नयाँ गाडीको मूल्य तिरे पनि हातमा पुरानो मोडल थमाइएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष अजय अधिकारी आक्रोशित हुँदै भन्छन्, ‘राज्य यो विषयमा गम्भीर छैन । भन्सार कार्यालयलाई राजस्व असुल्न पाए भइहाल्यो । इन्धनपछि सबैभन्दा बढी राजस्व दिने सवारी साधनमा नै यस्तो लुट हुँदा पनि भन्सार बिन्दुमा अनुगमन हुँदैन ।’

Advertisment Advertisment Advertisment

धेरैजसो आयातकर्ताले नयाँ गाडीको बुकिङ लिँदा नयाँ मोडलकै रकम असुल्छन्, तर गाडी ल्याउँदा पुरानो थमाउँछन् । ग्राहकले चेचिस र इन्जिन नम्बर हेरेर पनि ठगी पत्ता लगाउन सक्दैनन् । स्रोतका अनुसार, धेरै गाडी सीमापारी पार्किङ गरेर राखिन्छ र यातायातमा कागजपत्र मिलाएपछि मात्र नेपाल भित्र्याइन्छ ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले कागजात जाँच गर्ने दाबी गरे पनि, यस्तो ठगी कसरी भइरहेको छ भन्ने प्रश्न अनुत्तरित छ ।

विद्युतीय सवारी साधनमा पनि चलखेलको आशंका !

पछिल्लो समय लोकप्रिय बन्दै गएको विद्युतीय सवारी साधन (ईभी) को बजार पनि यो ठगीबाट अछुतो छैन । सरकारले करमा दिएको छुटको फाइदा उठाउँदै आयातकर्ताहरूले यस क्षेत्रमा समेत चलखेल गरेको आशंका बढेको छ ।

करोडौं रुपैयाँ राजस्व गुमेको अनुमान गरिएको छ भने, कतिपय कम्पनीले मोटरको क्षमता घटाएर कर छली गरेको आशंका गरिएको छ । १५० किलोवाटको मोटर भएको गाडीलाई कागजातमा १०० किलोवाट देखाएर भन्सार पास गराएको सूचनापछि भन्सार विभागले कडाइ गर्न निर्देशन दिएको छ र राजस्व अनुसन्धान विभागले पनि छानबिन थालेको छ ।

राज्य संयन्त्रको भूमिकामाथि गम्भीर प्रश्न

वर्षौंदेखि चलिरहेको यो ठगी धन्दामा राज्य संयन्त्रको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ । उपभोक्ता अधिकारकर्मीहरू यातायात व्यवस्था कार्यालयका कर्मचारीको मिलेमतोबिना यो सम्भव नभएको दाबी गर्छन् ।

गाडी दर्ता प्रक्रियामा कर्मचारीले लापरबाही गर्दा वा जानीजानी आँखा चिम्लिँदा उपभोक्ता ठगिने क्रम बढेको उनीहरूको भनाई छ ।

अब के होला ?

अटोमोबाइल व्यवसायीहरूको यो ‘लुटतन्त्र’ पर्दाफास भएपछि उपभोक्ताहरूले न्यायको आशा गरेका छन् । सरकारले यस विषयमा गम्भीर अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग उठेको छ ।

विद्युतीय सवारीसाधनको आयातलाई व्यवस्थित गर्न र कर छली रोक्न स्पष्ट मापदण्ड र प्रभावकारी अनुगमन प्रणाली लागू गर्नुपर्ने आवश्यकता देखिएको छ ।

यदि समयमै उचित कदम चालिएन भने उपभोक्ताहरू ठगिने क्रम जारी रहने र राज्यले ठूलो मात्रामा राजस्व गुमाउने खतरा बढ्दै जाने निश्चित छ । यो प्रकरणले नेपालको अटोमोबाइल बजारमा ठूलो हलचल ल्याएको छ ।

Previous Post

सभामुख घिमिरेद्वारा शिक्षामन्त्री र समिति संयोजकसंग शिक्षक आन्दोलनबारे छलफल

Next Post

चीनद्वारा तिब्बत मामिलामा हस्तक्षेप गर्ने अमेरिकी नागरिकमाथि भिसा प्रतिबन्ध

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In