काठमाडौं । राजसंस्थाको पक्षमा र सरकारविरुद्ध नाराबाजी गर्ने अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउँदै निष्कासन (डीपोर्ट) गरिने भएको छ। गृह मन्त्रालयले यो निर्णय गरेको हो।
गत चैत १४ गते माइतीघरमा राजसंस्थाको पक्षमा नारा लगाउँदै आक्रामक भएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। अनुसन्धानपछि प्रहरीले उनलाई अध्यागमन विभागमा बुझाएको थियो। आइतबार गृह मन्त्रालयले उनलाई डिपोर्ट गर्ने निर्णयसहितको फाइल अध्यागमन विभागमा पठाएको हो।
ब्लिसले आफ्नो बयानमा हिन्दु धर्म र गाईको रक्षा, तथा मानव बेचबिखनबाट महिला र बालबालिकालाई जोगाउन वकालत गर्दै आएको बताएका थिए।