काठमाडौं । स्पीनर युवराज खत्रीले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएपछि आईसीसी यू-१९ विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले ओमानलाई ११७ रनमा अलआउट गरेको छ।
युवराजले ७ ओभरमा मात्र १५ रन खर्चिएर ५ महत्वपूर्ण विकेट लिए। ओमान ३८ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनमा समेटियो। ओमानका लागि जीत व्रजेश साहले सर्वाधिक ५२ रन (७८ बल, ६ चौका) बनाए भने सिद्धार्थ सोम्या शंकरले १६ रनको योगदान दिए।
नेपालका लागि युवराज खत्रीले ५ विकेट लिए भने सन्तोष यादवले २ विकेट हात पारे। त्यसैगरी दयानन्द मण्डल, अशोक धामी र अपराजित पौडेलले १-१ विकेट लिए।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई पराजित गरेको थियो।