नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना दिँदै समृद्ध राष्ट्र निर्माणका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।
उनले आत्मनिर्भर अर्थतन्त्र, रोजगारी सिर्जना र सुशासन कायम गर्नुपर्नेमा जोड दिएका छन्। साथै, लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ गर्दै जनअपेक्षा पूरा गर्न नयाँ संकल्प लिनुपर्ने बताएका छन्।