• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, July 3, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगञ्जमा झडपपछि कर्फ्यु आदेश जारी, स्थिति तनावग्रस्त

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ चैत्र ३०, शनिबार १९:५७ गते
वीरगञ्जमा झडपपछि कर्फ्यु आदेश जारी, स्थिति तनावग्रस्त
75
SHARES
833
VIEWS

३० चैत, वीरगञ्ज । हनुमान जयन्तीको अवसरमा शनिबार वीरगञ्जमा आयोजित शोभा यात्राका क्रममा छपकैया इदगाह चोकमा दुई पक्षबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ । बढ्दो तनावलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश जारी गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) अनुसार शनिबार साँझ ६ः३० बजेदेखि आइतबार मध्यान्ह १२ बजेसम्म कर्फ्यु लागू हुने जानकारी दिएका छन् ।

ADVERTISEMENT

कर्फ्यु क्षेत्रको चारकिल्ला यस्तो छ :
पूर्वः वीरगञ्ज–१५ को भेडियाही चोक

पश्चिमः वीरगञ्ज–२५ को सिर्सिया पुल

उत्तरः वीरगञ्ज–१४ को गण्डक चोक

दक्षिणः वीरगञ्ज–१६ को शङ्कराचार्य गेट

कर्फ्यु अवधिभर सो क्षेत्रभित्र सर्वसाधारणको आवतजावत, सभा, जुलुस, प्रदर्शन, घेराउ लगायतका सबै गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ । प्रशासनले शान्ति–सुरक्षा कायम राख्न नागरिकलाई संयमित रहन आग्रह गरेको छ ।

झडप कसरी सुरु भयो ?
स्थानीय प्रत्यक्षदर्शीका अनुसार शोभा यात्रा इदगाह चोक नजिक पुग्दा एक पक्षले अर्को धर्मावलम्बीको घरको छतबाट ढुंगा प्रहार गरेको दाबी गरिएको छ । “शान्तिपूर्ण रुपमा गीत–संगीतका साथ अगाडि बढिरहेको यात्रामा ढुंगा प्रहार भएपछि झडप सुरु भयो,” एक सहभागीले भने ।

ढुंगामुढापछि आक्रोशित भिडले इदगाह चोकमा रहेका दुई होटेलमा तोडफोड गर्नुका साथै करिब आधा दर्जन मोटरसाइकलमा आगजनी गरेको थियो । झडपमा करिब डेढ दर्जन सर्वसाधारण र सुरक्षाकर्मी घाइते भएका छन् । घाइतेहरूको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

Advertisment Advertisment Advertisment

स्थिति नियन्त्रणमा ल्याउन अश्रुग्यास प्रयोग
प्रहरीले भिड तितरबितर पार्न थुप्रै राउण्ड अश्रुग्यास प्रहार गरेको छ । हाल स्थिति नियन्त्रणमा रहेको जनाइएको छ, तर तनावपूर्ण अवस्था कायमै छ ।

प्रशासनले घटनाको पूर्ण विवरण संकलन भइरहेको जनाएको छ भने दोषी पहिचान गरी आवश्यक कारबाही गरिने बताएको छ ।

 

Previous Post

वीरगन्जका चार युवा : बुलेट माेटरसाईकलमा चारधामकाे यात्रामा

Next Post

कर्फ्यु हटाउने वा निरन्तरता दिनेबारे निर्णय गर्न वीरगन्जमा सर्वदलीय बैठक

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In