२८ चैत, काभ्रेपलाञ्चोक। रामेछापको मन्थली नगरपालिकाको कठजोर ठाँटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मन्थली नगरपालिका–३ को ऐरमवास देवी थान पूजाबाट फर्किँदै गरेको बा–१६–च ६४७६ नम्बरको जिप दुर्घटना हुँदा मन्थली नगरपालिका–२ का ६२ वर्षीय कृष्णनारायण श्रेष्ठ र १३ वर्षीया भूमिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी प्रदीप कुमार सिंहले बताए ।
डीएसपी सिंहका अनुसार दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । घाइतेहरू सबैलाई उद्धार गरी उपचारका लागि मन्थली अस्पताल पठाइएको उनले बताए । दुर्घटना भएको बोलेरो सडकबाट तल खसको मन्थली नगरपालिका–३ नम्बरका वडाध्यक्ष कृष्णगोपाल थापाले बताए।
पानी परेर सडक चिप्लो भएको र क्षमता भन्दा धेरै यात्रु बोकेको हुनाले दुर्घटना भएको हुन सक्ने वडाध्यक्ष थापाको भनाइ छ ।