वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको पोखरीया नगरपालिका-२ लमरियामा सडक र नालाको शिलन्यास गरे।
यस परियोजनामा भौतिक पूर्वधार विकास मन्त्रालयको बजेटबाट २५ लाख रुपैयाँको लागतमा १३२ मीटर सडक र १०७ मीटर नाला निर्माण हुने छ। मन्त्री गुप्ताले सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै तराई-मधेशका आदिवासी, जनजाति, मधेशी र सिमान्तकृत समुदायको समग्र विकासका लागि सरकारले विभिन्न कार्यक्रम लागू गरेको बताए।
उनले भने, “मैले मेरो पहल र सहयोगले भौतिक पूर्वधार विकास मन्त्रालयमार्फत बजेट उपलब्ध गराएको छु। यदि काम इमानदारीपूर्वक सम्पन्न भयो भने, आगामी वर्ष थप बजेट उपलब्ध गराउनेछु। तर यदि तलमाथि भए भने फेरि आशा नगर्नु होला।”
मन्त्री गुप्ताले भने, “पहिले कहिल्यै तराई-मधेशका जनताको गुनासो सुनिँदैन थियो कि सरकारले हामीलाई हेरेन, तर अब सरकारले यस क्षेत्रका समस्याहरूलाई सम्बोधन गर्नको लागि ध्यान पुर्याइरहेको छ।”
उनले थपे, “तराई-मधेशका जनताले नेपालमा विकासको चाहना सिमा पारिका छिमेकीभन्दा बढी राखेका छन्। यसका लागि म निरन्तर लागि परिरहेको छु।”
मन्त्री गुप्ताले, नेपालमा समृद्धिको लागि सबैलाई जिम्मेवारीबोध गरेर काम गर्नुपर्ने कुरा जोड दिए। उनले भने, “समृद्धिका लागि सबैले आफ्नो जिम्मेवारी बुझेर काम गर्नुपर्छ।”
पोखरीया नगरपालिकाका मेयर प्रधुम्न चौहानले नगरपालिकाको विकासका लागि मन्त्री गुप्तासँग विभिन्न मन्त्रालयबाट बजेट विनियोजन गर्न आग्रह गरे।