• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, June 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

प्रमुख जिल्ला अधिकारी अर्यालको सक्रियतामा बाल सुधार गृहको अवस्था सुधार गर्न १३ बुँदे निर्णय

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ चैत्र २०, बुधबार १३:४० गते
प्रमुख जिल्ला अधिकारी अर्यालको सक्रियतामा बाल सुधार गृहको अवस्था सुधार गर्न १३ बुँदे निर्णय
1
SHARES
14
VIEWS

वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको बैठकले बाल सुधार गृहको अवस्था सुधारका लागि महत्वपूर्ण निर्णयहरू गरेको छ ।

वीरगन्जको बाल सुधार गृहमा रहेका बालबालिकाहरूको हितलाई ध्यानमा राख्दै सरोकारवालाहरुको बैठकले १३ बुँदे निर्णय गरेको हो । बैठकका निर्णय अनुसार, बाल सुधार गृह परिसरमा मर्मत गर्नुपर्ने संरचना र सामग्रीहरूलाई एक हप्ताभित्रै सुधार गृह मर्मत गरी अद्यावधिक गर्ने भएको छ ।

ADVERTISEMENT

यसैगरी, बालबालिकाहरूको लागि इन्टरनेटको सुविधा अत्यावश्यक भएको महसुस गर्दै आजै वाईफाई जडान गरिने भएको छ भने ल्यापटप र कम्प्युटरहरूको पनि तत्काल मर्मत सम्भार गरिने निर्णय गरेको छ । बालबालिकाहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै बाल सुधार गृहले अबदेखि कम्तीमा हप्ताको एक पटक मनोसामाजिक परामर्श अनिवार्य रूपमा उपलब्ध गराउने भएको छ ।

गर्मी मौसमलाई मध्यनजर गर्दै आवश्यक संख्यामा पंखा र खानेपानीको व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयले समन्वय गर्ने भएको छ । त्यसैगरी, क्षयरोगबाट सङ्क्रमित बालकको उपचार लगायतका समस्या समाधानका लागि वीरगंज महानगरपालिकासँग समन्वय गरी आवश्यक व्यवस्था मिलाइने भएको छ ।

बन्दीहरूलाई दिइने सीधावापतको रकम समयमै भुक्तानीका लागि बाल सुधार गृहले आवश्यक विवरण समयमै कारागार कार्यालयमा पेश गर्ने व्यवस्था मिलाइने निर्णय भएको छ । बालबालिकाहरूको शिक्षालाई निरन्तरता दिन पाठ्यपुस्तक र अन्य सन्दर्भ सामग्रीको व्यवस्थापन PABSON, N-PABSON लगायतका सरोकारवालाहरूसँग समन्वय गरी शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयले उपलब्ध गराउने भएको छ।

ज्ञान आर्जनका लागि पुस्तकालयको व्यवस्था गरी सञ्चालन गर्न बाल सुधार गृह प्रशासकले आवश्यक स्थानको प्रबन्ध मिलाउने भएका छन्। पढ्न इच्छुक बालबालिकाहरूका लागि तहगत रूपमा शिक्षकको व्यवस्थापन खुला विद्यालयमार्फत वीरगंज महानगरपालिकाले गर्ने भएको छ ।

खानेपानीको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न बाल सुधार गृह परिसर नजिकै रहेको डिप बोरिङ्गबाट पाइप जडान गरी नियमित रूपमा खानेपानीको व्यवस्थापन वीरगंज महानगरपालिकाले मिलाउने भएको छ । रातको समयमा बत्ती जाने समस्यालाई हल गर्न वैकल्पिक ऊर्जाको व्यवस्थापनका लागि वीरगंज उद्योग वाणिज्य संघलाई अनुरोध गरिने भएको छ ।

बाल सुधार गृहको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आवश्यक पर्ने CCTV क्यामेरा जडान गर्ने व्यवस्था वीरगंज महानगरपालिकाले गर्ने भएको छ । आगामी दिनमा अनुगमन र निरीक्षणलाई थप व्यवस्थित र प्रभावकारी बनाइने र अनाधिकृत व्यक्तिहरूको प्रवेशलाई निरुत्साहित गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले यी निर्णयहरूको कार्यान्वयनलाई प्राथमिकता दिँदै बाल सुधार गृहमा रहेका बालबालिकाहरूको सुरक्षित र सहज जीवनयापनका लागि आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

Advertisment Advertisment Advertisment

बैठकमा प्रमुख जिल्ला अधिकारी अर्यालले बाल सुधार गृहका कर्मचारीलाई गम्भीर भएर आफ्नो दायित्व पूरा गर्न निर्देशन पनि दिए । उनले बाल सुधारमा रहेकाहरुसँग एकदमै नरम व्यवहार र मानवीयता दर्शाउन निर्देशन दिदै त्यहाँको सबै समस्याहरु तत्काल सम्बोधन हुने गरी काम गर्न र बाल विज्याईहरुलाई कुनै प्रकारको तनाव हुने खालको काम नगर्न निर्देशन दिए ।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी निशानराज गौतम, सुमन कुमार कार्की, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, शिक्षा विकास समन्वय इकाई पर्साका प्रमुख हरि राउत, कोष तथा नियन्त्रण कार्यालय पर्साका प्रमुख, वीरगन्ज कारागारका प्रमुख, मनोसामाजिक परामर्शदाता तथा बाल सुधार गृहका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

Previous Post

मधेसकाे पहिचान उजागर गर्न ´मधेस साहित्यिक महाेत्सव´ आयाेजना हुने

Next Post

सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा लागू औषध सहित ब्यक्ति पक्राउ

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In