• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, June 1, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

मधेसकाे पहिचान उजागर गर्न ´मधेस साहित्यिक महाेत्सव´ आयाेजना हुने

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ चैत्र २०, बुधबार १०:१३ गते
मधेसकाे पहिचान उजागर गर्न ´मधेस साहित्यिक महाेत्सव´ आयाेजना हुने
3
SHARES
33
VIEWS

वीरगञ्ज । वीरगन्जमा मधेस साहित्यिक  महाेत्सवकाे आयाेजना हुने भएको छ । नेपालको आर्थिक मेरुदण्ड मात्र नभई विभिन्न ऐतिहासिक सामाजिक आन्दोलनहरूको केन्द्रबिन्दु रहँदै आएको वीरगञ्जमा चैत्र २२ गते “मधेश साहित्य महोत्सव” आयाेजना गर्ने भएको हाे।

मधेश क्षेत्रको सामाजिक, सांस्कृतिक र साहित्यिक उन्नयनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सव नेपालका २२ वटा तराई-मधेशका जिल्लाहरूको कला, भाषा, संस्कृति र साहित्यलाई समेट्दै विस्तारित गर्ने परिकल्पना गरिएको छ।

ADVERTISEMENT

वीरगञ्ज सधैँ सामाजिक सुधार र आन्दोलनहरूको केन्द्र रहँदै आएको बताउदै यहि  ऐतिहासिक भूमिमा अब साहित्य र संस्कृतिको प्रवद्र्धन गर्दै, नवीन विचारहरूको आदान-प्रदान गराउन तथा नवोदित प्रतिभाहरूलाई प्रोत्साहित गर्न यो महोत्सव महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

साहित्य केवल शब्दहरूको संयोजन नभई समाजको ऐना भएको र यसले परिवर्तनका लहरहरू सिर्जना गर्न सक्ने कुरामा जोड दिँदै आयोजकले साहित्य र संस्कृतिले समुदायहरूलाई जोड्ने पुलको काम गर्ने र मधेश साहित्य महोत्सवले यही भावना बोकेको बताएका छन्।

यस महोत्सवमार्फत नेपाली साहित्यको विविधता, मधेशी समाजका मुद्दाहरू, भाषिक एवं सांस्कृतिक विशेषताहरूको उजागर गर्दै समग्र रूपमा साहित्यिक पुनर्जागरण ल्याउने प्रयास हुने बताइएको छ ।

महोत्सवको पहिलो संस्करणमा नेपालका ख्यातिप्राप्त साहित्यकार, कलाकार, पत्रकार, युवा सर्जक, एवं सामाजिक अभियन्ताहरूले आ-आफ्ना विचार, अनुभूति र सिर्जनाहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । विभिन्न बहस, अन्तरक्रिया, कविता वाचन, साहित्यिक प्रस्तुति एवं सांस्कृतिक कार्यक्रमहरू मार्फत मधेशको सम्पूर्ण साहित्यिक परम्परालाई एकीकृत गर्ने यो महोत्सवले भविष्यमा अझ ठूलो दायरा समेट्दै जाने योजना बनाएको छ।

महोत्सवलाई भव्य रुपमा सफल बनाउन नागरिक समाज, सञ्चार माध्यम, स्थानीय निकायहरू, युवा स्वयंसेवकहरू तथा विभिन्न संघ-संस्थाहरूले दिएको साथ, सहयोग र समर्थन अतुलनीय रहेको आयोजकले बताएका छन् ।

वीरगञ्ज महानगरपालिका, मधेश विश्वविद्यालय लगायत विभिन्न व्यापारिक प्रतिष्ठानहरू, वित्तीय तथा बीमा क्षेत्रका संस्थाहरू, शैक्षिक संघ-संस्थाहरू, कला तथा सांस्कृतिक निकायहरू, पत्रकार महासंघ तथा सम्पूर्ण संचारकर्मीहरू प्रति विशेष आभार व्यक्त गरिएको छ ।

नेपालको साहित्यिक क्षेत्रको समृद्धिमा यो महोत्सवले नयाँ परिप्रेक्ष्य थप्ने विश्वास लिइएको छ । मधेशको गौरवशाली इतिहास, वर्तमान सम्भावना र भावी योजनाहरूलाई मूल ल्याउन यो महोत्सव महत्त्वपूर्ण सावित हुनेमा आयोजक विश्वस्त छन् ।

Advertisment Advertisment Advertisment

यसै अवसरमा सम्पूर्ण साहित्यप्रेमी, कलाकर्मी, समाजसेवी, विद्यार्थी तथा वीरगञ्ज र मधेशको पहिचानप्रति गर्व गर्ने सम्पूर्णलाई यस ऐतिहासिक साहित्य महोत्सवमा सहभागी हुन आयोजकले हार्दिक निमन्त्रणा गरिएको आयाेजकले जनाएको छ।

मधेस विश्वविद्यालयकाे सभाकक्षमा बुधबार आयाेजना गरिएको पत्रकार सम्मेलनमा मधेस विश्वविद्यालयका प्राध्यापक डाक्टर दीपक शाक्य, साहित्यकार तथा उद्योगी गणेश लाठ, उत्कर्ष  नेपालका अध्यक्ष ऋतुराज पटेल, सलमा खातुन लगायतको उपस्थिति रहेकाे थियाे ।

महोत्सवले मधेशको साहित्य, संस्कृति र इतिहासलाई उजागर गर्ने उद्देश्य राखेको छ।

पहिलो दिन: साहित्यको उद्घाटन र विविध सत्रहरू

महोत्सवको पहिलो दिनको सुरुवात “साहित्यः माटी, मन, मस्तिष्क” भन्ने उद्घाटन सत्रबाट हुनेछ। त्यसपछि “सन: माटोको सुगन्ध, जीवनको रंग” सत्रमा मधेशको जीवनशैली र संस्कृतिलाई प्रस्तुत गरिनेछ। “नेपाल-अंग्रेज युद्धमा मधेशको भुक्तमान” सत्रमा मधेशको ऐतिहासिक योगदानलाई स्मरण गरिनेछ। “स्थानीय सरकार, उद्यम र शिक्षा”, “लोकतन्त्रसामु झंझावात” र “समथर मधेशका नागबेली संघर्ष” जस्ता सत्रहरूले मधेशको समसामयिक मुद्दाहरूलाई उजागर गर्नेछन्। पहिलो दिनको समापन कवि गोष्ठी र सांस्कृतिक साँझबाट हुनेछ।

दोस्रो दिन: किताब विमोचन र साहित्यिक छलफल

महोत्सवको दोस्रो दिन सामूहिक किताब विमोचनबाट सुरु हुनेछ। त्यसपछि “भोजपुरी के डेग”, “मातृभाषामा ज्ञान निर्माण”, “मधेशः विरासत, विकास र वैभव”, “प्रादेशिक अभ्यासका अनुभव” र “संघीयतामा शक्ति अभ्यास” जस्ता सत्रहरूले मधेशको भाषा, साहित्य, संस्कृति र विकासका मुद्दाहरूलाई समेट्नेछन्। महोत्सवको समापन काव्य तथा सांगीतिक साँझबाट हुनेछ।

महोत्सवको उद्देश्य

यो महोत्सव मधेशको साहित्य, संस्कृति र इतिहासलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो। यसले मधेशका लेखक, कलाकार, बुद्धिजीवी र साहित्यकारहरूलाई एकसाथ ल्याउने र मधेशको पहिचानलाई विश्वसामु चिनाउने लक्ष्य राखेको छ।

महोत्सवमा सहभागी हुन आह्वान

आयोजकले साहित्य, संस्कृति र इतिहासमा रुचि राख्ने सबैलाई यो महोत्सवमा सहभागी हुन आह्वान गरेको छ। यो महोत्सव मधेशको सांस्कृतिक पहिचानलाई उजागर गर्ने र साहित्यको उत्सव मनाउने एक उत्कृष्ट अवसर हुनेछ।

Previous Post

प्रेस सेन्टर नेपालका नवनिर्वाचित कार्यसमितिलाई खुमलटारमा स्वागत तथा सम्मान

Next Post

प्रमुख जिल्ला अधिकारी अर्यालको सक्रियतामा बाल सुधार गृहको अवस्था सुधार गर्न १३ बुँदे निर्णय

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In