वीरगञ्ज । वीरगन्जको मानवसेवा आश्रमले १५ बर्ष परिवारसँग छुट्टिनुभएका ८० बर्षीया वृद्धालाई पारिवारिक मिलन गराईदिएको छ । २०७४ साल मंगसिर १ गते वीरगन्जको वीर्तामन्दिरदेखि नारायणी अस्पतालकोबीच सडकमा मानसिक अवस्था कम्जोर रहेको र हात र दाहिने खुट्टाको घाऊमा संक्रमण भएर अलपत्र अवस्थामा भेटिएका उनलाई उद्दार गरि मानवसेवा आश्रममा ल्याएका थियो ।
आलिया बीबी नाम बताउने अन्जादी बर्ष ८० कि ती महिलालाई कष्टपूर्ण जीवनयापन गरिरहेको अवस्थामा उद्दार गरी झण्ड ७ बर्ष आश्रममा राखेर औषधि उपचार तथा स्यहार सुसार गरेर राखिएको थियो ।
उनको ठेगाना लगाएर बुधबार परिवारसँग पुनर्मिलन गराएको मानवसेवा आश्रमका देवेश गुप्ताले बताए । परिवारका अनुसार बिगत १५ बर्षदेखि वहा परिवारसँग सम्पर्क बिहिन हुनभएको थियो । भारतको कयौं राज्यमा खोज्दा पनि नभेटिएपछि आशा मारिसकेको परिवारले जनाकारी बताएको गुप्ताले बताए ।
बुधबार ती ८० बर्षीया वृद्धाका भाई सफ्रुदीन मलिक, भतिजहरु मुस्ताक, विप्लव मलिक, भान्जा सहजन अलि खान, भाइ बुहारी गुंडी बीबी सहित परिवारबाट ५ जना आएर जिम्मा लिएर गएको उनले बताए ।
उनीहरुले अत्यन्तै खुशी भएरलाई भारतको पश्चिम बंगाल राज्यको जिल्ला पूर्वमेदनीपुर, गाउँ पूर्वराधापुर, थाना भगवानपुर लिएर गएको मानवसेवा आश्रम बिरगंजका संस्थापक देवेश गुप्ताले जानकारी दिए ।