काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा हिमपातको पनि सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागको मौसम मुख्यतया सफा छ । विभागले दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । अन्य प्रदेशमा भने आंशिक बदली मात्रै रहनेछ ।