पोखरिया । पर्साको पोखरियामा स्थापना गरिएको मालपोत कार्यलयाले आईतबारबाट भू–सेवा सञ्चालन गर्ने ११ जना कानून व्यावसायीलाई अनुमतिको प्रमाण पत्र वितरण गरेको छ ।
मालपोत कार्यलय पोखरियाले भू– सेवा सञ्चालन सम्बन्धि कानून व्यावसायीहरुलाई अनुमतिपत्र वितरण गर्न फागुन २३ गते सूचना प्रकाशन गरेको थियो ।
उक्त सूचना अनुसार चैत्र ८ शनिबारसम्मा ११ जना व्यावसायीले अनुमति प्राप्त गर्नका लागि सूचीकृत भएका थिए । सोही अनुसार उनीहरुलाई प्रमाण पत्र वितरण गरेको मालपोत कार्यालय पोखरियाको सूचना अधिकारी रामरेखा प्रसाद चौरसियले बताए ।
आईतबार नै भू–सेवा प्रबिधिबाट ८ जना सेवाग्राहीले सेवा लिएको सूचना अधिकारी चौरसियले बताए । अनुमति प्रमाण पत्र लिनेहरुमा आरबी साह, बलिराम साह, सुरेन्द्र साह कानु, जन्मजय महतो, रामानन्द यादव, रुकेश गोढ, विराज गिरी, राजेश कानु, कमलेश पटेल, जगदीश राउत, मनिष साह लगायत रहेका छन् ।
मालपोत कार्यालय पोखरियाका कार्यालय प्रमुख रामजी प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरिया नगरपालिकाकी उप–प्रमुख रुवी कुमारी ठाकुर, वडा अध्यक्ष नौसाद आलम, नेकपा एमाले पोखरिया नगर कमिटी अध्यक्ष विन्ध्याञ्चल ठाकुर, शिक्षक पारस ठाकुर, समाजसेवी मनोज कुर्मी, लगायत कार्यालयका कर्मचारी, नगर प्रहरी, सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।