वीरगन्ज । नेकपा विभाजनपछि एमालेमा लागेका अकलु यादव पुनः नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन् । जनयुद्धकालदेखि नेकपा (माओवादी केन्द्र) रहेका यादव नेकपा एमाले र माओवादी एकता भएर पुनः विभाजन हुँदा नेकपा एमालेमा लागेका थिए ।
नेकपा विभाजनको कठिन समयमा नेकपा एमाले रोजेका अकुल यादव शनिबार पुनः आफ्नो मूलधार नेकपा (माओवादी केन्द्र) मा घरवापसी भएका छन् ।
उनलाई नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति पर्साको राधेमाई स्थित कार्यालयमा शनिबार मधेश प्रदेश सहइन्चार्ज महेन्द्र पासवानको बिशेष उपस्थितिमा नेकपा माओवादी केन्द्रमा स्वागत गरिएको छ ।
उनलाई प्रदेश सहइञ्चार्ज पासवान सहित जिल्ला इन्चार्ज विजय महतो, निवर्तमान जिल्ला अध्यक्ष रामदरश कुशवाहाले टिका र खादा लगाएर स्वागत गरेको वाईसियल पर्साका संयोजक दीपेन्द्र सिंह पटेलले जानकारी दिए ।