स्कुलको अन्तिम दिन
(कविता)

मलाई सबैभन्दा यही विद्यार्थी जीवन प्यारो
यसलाई छाड्नुपर्दा भएको छ गाह्रो।
म त रुन्न भन्थेँ आज आँखा रसाइहाल्यो
स्कुलका मिठा र रमाइला दिनहरू झल्झली याद आइहाल्यो।
ठिक भनिएको रहेछ विद्यार्थी जीवन नै बेस
त्यही जीवनमा सिकेका ज्ञान र बानीले बनाउने हामीलाई सर्वश्रेष्ठ।
विद्यार्थी जीवनमा रमाइलो हुन्छ अति
यसको बयान गरुँ म कति।
समय पनि बडो बलवान् रहेछ
आजभन्दा ठिक १२ वर्ष पहिला स्कुल जान्नँ भनेर रुवायो आज स्कुलबाट जान्नँ भनी रुवाइरहेको छ।
के भनूँ यो विद्यार्थी जीवन बडो रोमाञ्चक यात्रा हो
रिसाउने मनाउने यसका अभिन्न भाग हुन्।
दैवको लीला के यस्तो रहेछ पराइ बनायो
पराई बन्ने स्कुलको माया झन्झनै बढायो।
नछाडूँ भन्थेँ स्कुल र साथी पहिला आँटले
बगेर आँसु रुमाल भिज्यो यसको यादले।
रमाइलो लाग्थ्यो सबै मिली सरस्वती बन्दना गाएको
झलझली याद साथी र कक्षा शिक्षकको मायाको।
हाँस खेल गर्न,लेखपढ गर्न स्कुल टेकियो।
निद्रामा पनि स्कुलको झल्को सपना देखियो।
ए नानी बाबु यसरी पढ भनेर सिकाएको
सुमार्ग रोज गन्तव्य रोज भनेर सम्झाएको।
स्कुलको घन्टी अब सुन्न पाइन्न यो दुस्ख पोख्दै छु।
मायाको कमी बुझेर आज कविता लेख्दै छु।
रुबि कुमारी यादव
गौतम माध्यमिक विद्यालय
कक्षा–१० वीरगंज ।