वीरगन्ज । डाँफे युथ क्लबले वडा स्तरीय फुटबल वडा कप आयोजना गरेको छ । द्वारदेवी माविको प्रांगणमा
शनिबारदेखि आयोजना भएको हो ।
शनिबारको पहिलो खेल वडा नम्बर ७ र ५ बिच प्रतिस्पर्धा भएको थियो । वडा नम्बर ५ लाई १ ० गोलले पराजित गर्दै वडा नम्बर ७ विजयी भएको छ । खेलको ४० औं मिनेटमा निरज पटेलले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
त्यसपछि दुबै टिमले प्रयास गरेपनि दुवैतर्फबाट गोल हुन नसकेपछि पटेलले गरेको गोल नै निर्णायक हुन पुग्यो ।
खेलमा वडा १७ का अध्यक्ष संजिव बहादुर क्षेत्री, अलौंका एकीकृत समाजवादी पार्टीका नेता रमेश चौधरी, समाजसेवी लालबाबु प्रसाद, संतोष सिलवाल, नगेश्वर साह तेली संतोष पटेल, अशोक पटेल, सुबाश साह, प्रमात्मा यादव लगायतको सहभागिता रहेको थियो ।
भोलीको खेल वडा नम्बर १ र ८ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।