वीरगञ्ज । आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ठाकुरराम बहुमुखी क्याम्पस इकाई सभापतिमा अखिल (क्रान्तिकारी) अनिस पटेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
अखिल (क्रान्तिकारी) पर्सा जिल्ला समितिका अध्यक्ष कबिराज पटेलको अध्यक्षतामा बसेको बैठकले पटेललाई अखिल क्रान्तिकारीको तर्फबाट स्ववियु सभापतिमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बैठकमा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा मधेश प्रदेश सह इञ्चार्ज महेन्द्र पासवान र केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज बिजय महतो र पूर्व विद्यार्थी नेता तथा पार्टीका मधेश प्रदेश सदस्य प्रभाकर गुप्ताको विशेष उपस्थिति रहेको अखिल (क्रान्तिकारी) का पर्सा अध्यक्ष कविराज पटेलले जानकारी दिए ।
चैत ५ गते हुने निर्वाचनका लागि संघ, संगठन तथा समूह दल दर्ता सम्पन्न भएको छ । निर्वाचन समितिले दावी विरोध तथा नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।