पोखरिया । पर्साको पोखरियामा भर्खरै स्थापना गरिएको मालपोत तथा नापी कार्यालयको पोखरिया नगरपालिकाका मेयर प्रद्युम्न चौहानले अनुगमन गरेका छन् ।
यहि फागुन १५ गते उदघाटन भएको मालपोत कार्यालयको मेयर प्रधुमन प्रसाद चौहानले मंगलबार अनुगमन गरेका हुन्।
मेयर चौहानले मालपोत कार्यालयको अनुगमनको क्रममा सेवाग्राहीहरुसँग समस्या बारे जानकारी लिएका थिए ।
मालपोत कार्यालयलाई अझै ब्यवस्थित बनाउनमा आफूले कुनै कसर बाकी नराख्ने मेयर चौहानले बताए । कुनै समस्या भएमा आफूलाई जानकारी गरान पनि मेयरले आग्रह गरे ।
मालपोत कर्मचारीहरुका अनुसार सोमबारको दिन १० जना र मंगलबारको दिन १४ गरि २४ जना सेवाग्राहीहरुले सेवा लिएका छन् । पोखरिया मालपोत कार्यालयबाट सेवाग्राही सहज सेवा पाएपछि धेरै खुशी भएका छन् ।
पोखरियामा स्थापना गरिएको मालपोत कार्यालयमा पोखरिया नगरपालिका, धोबिनी, कालिकामाई, छिपहरमाई, पकहामैनपुर जगरनाथपुर र बिन्दबासनी गाउँपालिका गरि सात पालिकाको लाखौ जनता हरुले सेवा लिने छ ।