काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आउने उत्पादनहरूमा कर लगाउने घोषणा आजदेखि लागु हुने बताएका छन् ।
मेक्सिको र क्यानडाबाट आयात गरिएका सामानहरूमा अमेरिकामा २५ प्रतिशत भन्सार (आयात शुल्क) लाग्नेछ ।
चीनमा थप १० प्रतिशत कर लगाइनेछ । “मेक्सिको वा क्यानडाको लागि अब समय बाँकी छैन,” ट्रम्पले सोमबार ह्वाइट हाउसमा भने । शुल्क निर्धारणको लागि सबै तयारी पूरा भएको छ । भोलि (मंगलबार)देखि लागु हुनेछन् ।”
समाचार संस्था रोयटर्सका अनुसार चीनले अमेरिकाको यो कदमको विरोध गरेको छ । बढेको कर तत्काल फिर्ता लिन माग गरेको छ ।
चीनको वाणिज्य मन्त्रालयले मंगलबार अमेरिकाले घातक औषधि फेन्टानिलमाथिको आफ्नो घरेलु समस्यालाई शुल्क लगाउने बहानाको रूपमा प्रयोग गरिरहेको बताएको छ ।
कर लगाउने समाचारपछि अमेरिकी सेयर बजारमा तीव्र गिरावट आएको छ ।
क्यानडा, मेक्सिको र चीन अमेरिकाका तीन ठूला व्यापार साझेदार हुन् । मंगलबारदेखि उनीहरूका उत्पादनहरूमा अमेरिकामा पहिले भन्दा बढी आयात शुल्क लगाइनेछ । बीबीसी