वीरगन्ज । रौतहटको चन्द्रनिगाहपुरमा निजी अस्पताललाई बन्द गर्न निर्देशन मुख्यमन्त्री सतिश कुमार सिंहले निर्देशन दिएका छन् । निजी अस्पतालहरुको अनुगमनका क्रममा रौतहटको चन्द्रनिगाहपुरमा सञ्चालनमा रहेको हाइवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टरलाइ तत्काल बन्द गर्न निर्देशन दिएका हुन् ।
उक्त अस्पतालले बिना स्वीकृति बिरामीहरुको उपचार, तथा अन्य विभिन्न परीक्षणहरु गरेको पाईएकोले तत्कालन बन्द गर्न निर्देशन दिएका हुन् ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विना लाईसेन्स अस्पतालले एनेस्थेसिया डाक्टर बिना नै अपरेशन गरेको, भवनको डिजाईन र मापदण्ड नमिलेको पाईएपछि अस्पताल बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
उक्त अस्पताललाई पहिले तोकिएको मापदण्ड पूरा गर्न र दर्ता प्रकृया पूरा गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।