एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई तुरून्त ह्वाइट हाउस छाड्न आदेश दिइएको छ ।
ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्पति जेडी भान्ससँग जेलेन्स्कीको भनाभन भएपछि जेलेन्स्कीलाई तुरून्त ह्वाइट हाउस छाड्न आदेश दिइएको हो ।
जेलेन्स्की शुक्रबार अमेरिकी राष्ट्रपतिलाई भेट्न ह्वाइट हाउस पुगेका थिए। रूसले युक्रेनमाथि गरेको आक्रमण र त्यसलाई रोक्न गरेको प्रयास सरहानीय रहेको भन्दै उपराष्ट्रपति भान्सले त्यसका निम्ति जेलेन्स्कीले धन्यवाद भन्नुपर्ने बताएका थिए।
त्यसपछि तीनै जनाबीच भनाभन भएको थियो। ट्रम्पले जेलेन्स्कीलाई करोडौं मानिसहरूको जीवनमा खेलवाड गरेको र तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको आरोप लगाए।
जेलेन्स्कीले त्यसको खण्डन गरेका थिए। द्वीपक्षीय छलफलको भिडिओ विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्।
छलफलका क्रममा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति भान्सले विभिन्न आरोप लगाएपछि जेलेन्स्कीमा असह्यभाव प्रकट भएको भिडिओमा देखिन्छ।
उनले ट्रम्प र भान्स दुवैलाई जबाफ फर्काएका थिए। अमेरिकी अधिकारीहरूले जेलेन्स्की र युक्रेनी अधिकारीहरूलाई ह्वाइट हाउस छाड्न निर्देशन दिएका थिए ।
ह्वाइट हाउसबाट बाहिरिएपछि जेलेन्स्कीले एक्समा लेख्दै ट्रम्प र अमेरिकालाई धन्यवाद भनेका छन्।