• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, June 4, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

पर्साका संस्थागत विद्यालयहरुको संगठनबीच नै खेलकुद प्रतियोगिताको प्रतिस्पर्धाले खेलक्षेत्रमा फड्को मार्ने अपेक्षा

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८१ फाल्गुन १५, बिहीबार ११:३८ गते
पर्साका संस्थागत विद्यालयहरुको संगठनबीच नै खेलकुद प्रतियोगिताको प्रतिस्पर्धाले खेलक्षेत्रमा फड्को मार्ने अपेक्षा
13
SHARES
148
VIEWS

वीरगन्ज । पर्सामा संस्थागत विद्यालय र तीनका संगठनहरुबीच खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा नै चलेको छ । संस्थागत विद्यालयहरुले विद्यालय स्तरको अन्तर विद्यालय र संस्थागत रुपमा पनि खेलकुद प्रतियोगिताको आयोजना गरेका छन् ।

नीजि तथा आवासीय विद्यालय संगठन (प्याब्सन) पर्सा र वीरगन्ज महानगरबीच मात्रै होईन निजी विद्यालय स्तरमा पनि खेलकुद प्रतियोगिताको आयोजना गर्ने प्रतिस्पर्धा चलेको छ ।

ADVERTISEMENT

प्याब्सन पर्सा जिल्ला कमिटिले आयोजना गरेको अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको नवौं संस्करण बुधबार सम्पन्न भएको छ ।
बुधबार सम्पन्न प्रतियोगिताको उपाधि मुनलाईट माविले उचालेको छ ।

नारायणी रंगशाला स्थित टीबी साह क्रिकेट मैदानमा आज भएको फाईनल खेलमा विद्यासागर माविलाई १७ रनले पराजित गर्दै मुनलाईट माविले यसबर्षको प्याब्सन अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।

फाईनल खेलमा टस जितेर पहिले व्याटिङ गरेको मुनलाईट माविले १७.४ ओभरमा सबै विकेट गुमाएर ११३ रनको योगफल तयार पारेको थियो । ११४ रनको लक्ष्य सहित जवाफी व्याटिङ गरेको विद्यासागर माविले पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा ९६ रन मात्रै बनाउन सक्यो ।

खेलको म्यान अफ द म्याच, म्यान अफ द टुर्नामेण्ट, बेष्ट व्याटर र बेष्ट बलर एउटै खेलाडी विद्यासागर माविका सेराज हवारीले पाएका छन् । त्यस्तै वेष्ट विकेट किपर मुनलाईटका अनुप कुमार, वेष्ट फिल्डर विद्यासागरका दिलराजन यादव र इमार्जिङ प्लेयर विद्यासागरकै जुनैद आलम घोषित भएका छन् ।

प्रतियोगितामा विद्यासागर दोश्रो र साउथजोन मावि तेश्रो भएका छन् । विजेता खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि संघीय सांसद तथा पूर्व वनमन्त्री डा.विरेन्द्र प्रसाद महतोले शील्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा प्रतियोगिताको समापन समारोह सम्पन्न भएको थियो । यसैगरी फागुन ३ गतेदेखि प्याब्सन महानगर कमिटिले आयोजना गरेको सम्भवतः नेपालमै पहिलो अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगिता र १२ बर्षमुनीको पनि अन्तर विद्यालय क्रिकेट प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।

मंगलबार सम्पन्न प्याब्सन महानगर अन्तर विद्यालय छात्रा क्रिकेटको उपाधि गौतम माविले हात पारेको छ । प्याब्सन महानगर कमिटीले १२ बर्षमुनीको क्रिकेट र छात्रा क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो । त्यसअघि सनलाईट माविले पनि टी–२० क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो ।

Advertisment Advertisment Advertisment

प्याव्सन पर्साले नै जुनियर फुटवल प्रतियोगिताको पनि आयोजना गरेको थियो प्रतियोगिताको उपाधी लिटिल फ्लावरले उचालेको छ । प्रतियोगिताको फाइनल खेलमा अर्को दावेदार टिम नवदिप एकेडमीलाई ४–० गोलले पछि पार्दै लिटिल फ्लावरले यो उपाधी उचालेको हो ।

प्याब्सन पर्साले फागुन ५ गतेदेखि आयोजना गरेको फुटबल प्रतियोगितामा कुल २० वटा विद्यालयका २० टिम सहभागिता जनाएको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए ।

विद्यालय तहबाट नै खेलाडी उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिताको आयोजना गरेको प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले बताए ।

विद्यालयहरुले आन्तरिक र अन्तर विद्यालय तथा विद्यालयहरुको छाता संगठनले पनि अन्तर विद्यालयस्तरीय प्रतियोगिताको आयोजना गरेर खेलाडीहरुमा शारिरिक र मानसिक विकासमा ठूलो योगदान गरेको क्रिकेट संघ पर्साका सदस्य वासुदेवलाल कर्णले बताए ।

खेलकुद शरीरलाई आवश्यक हुने भएकोले खेलकुदले शारिरिक व्यायाम पनि हुने भएकोले यसले विद्यार्थीहरुको मानसिक र शारिरक विकासमा मद्दत पुग्ने उनको भनाई छ ।

शारिरिक व्यायामले शरीरलाई स्वस्थ राख्ने र मानसिक व्यायामले अनुशासनमा रहन सिकाउने भएकोले विद्यालयहरुले आयोजना गर्ने प्रतियोगिता विद्यार्थीहरुको लागि शिक्षा नै भएको कर्णको भनाई छ ।

पछिल्लो समयमा खेलकुदमा खासगरी क्रिकेटमा नेपालले गरेको प्रगतिले आकर्षण अझै बढेकोलेपनि प्रतियोगिताहरु निरन्तर भईरहेको छ । खेलकुद प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरुले जित्ने रणनीति बनाउने भएकोले पनि यसले आफूलाई रणनीतिकारको रुपमा विकास गर्न र खेलकुदकै माध्यमबाट पनि आर्थिक उन्नतीहरु गर्नसक्ने सम्भावनाहरुको ढोका खोल्न सक्ने क्रिकेट संघ पर्साका सदस्य वासुदेवलाल कर्ण बताउछन् ।

विद्यालयहरुले खेलकुदलाई प्राथामिकता दिएर आयोजना गरिएको प्रतियोगिता अत्यन्तै सराहनीय रहेपनि यसको समन्वय र सहकार्य अझ बढी महत्वपूर्ण रहेको प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामाको भनाई छ ।

उनले भने, ‘विद्यालयहरुले संस्थागत रुपमै खेलकुद प्रतियोगिता गर्नु राम्रै हो । यसले विद्यार्थीहरुलाई नै फाईदा हुन्छ । तर, अझ समय मिलाएर गरेको भए प्रतिस्पर्धा अझ रोमाञ्चक हुन्थ्यो ।’

वीरगन्जका विद्यालयहरुले अतिरिक्त क्रियाकलाप निरन्तर गर्दै आईरहेका छन् । महानगरस्तर र जिल्ला स्तरमा भएको खेलकुद प्रतियोगितामा सहभागी हुने विद्यालय र विद्यार्थीहरु एउटै हुन्छन् ।

त्यसमा विद्यालय र विद्यार्थीको समय व्यावस्थापनमा दबाव पुग्छ । यसमा चाहिँ सबैले विचार गर्नुपर्ने केन्द्रीय सदस्य लामाको धारणा छ ।

 

Previous Post

चितवनका दुग्ध किसानको पीडाः अझै ८० करोड भुक्तानी बाँकी

Next Post

रारा तालको होटलमा आगलागी हुँदा २ करोड भन्दा बढीको क्षति

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In