वीरगञ्ज । वीरगन्जको पावरहाउस नजिकै भारतीय नम्बरको कार र अटो एकआपसमा ठोक्किएका छन् । घण्टाघरबाट गण्डकतर्फ गईरहेको बीआर ०५ वाई ०२६१ नम्बरको हुण्डाई भारतीय कार र पावरहाउसतर्फबाट घण्टाघरतर्फ विपरित दिशाबाट आएको मधेस प्रदेश ०३ ००२ स ५९४० नम्बरको अटो बुधबार एक आपसमा ठोक्किएका हुन् ।
प्रत्यक्षदर्शीका तीब्र गतिमा रहेको अनुसार कार गलत दिशाबाट आईरहेको अटोसँग ठोक्किँदा अटोमा सवार दुईजना घाईते भएका छन् । अटोमा चारपाँच जना महिला सवार रहेका थिए । उनीहरु मध्य दुईजना घाईते भएका हुन् । घाईतहरुको परिचय खुल्न बाँकी रहेको छ ।
कार चालक भने ठोक्किने वित्तिकै ह्याण्ड ब्रेक लगाएर ढोका खोली भागेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि पुगेको प्रहरीले अनुसन्धान गरिरहेको छ ।