काठमाडौं । चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि आज नेपाल र म्यानमार खेल्दैछन् ।
फाइनल खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ । वरियतामा म्यानमार नेपाल भन्दा ४८ स्थान माथि रहेको छ ।
नेपालको महिला टोलीले म्यानमारसँग अहिलेसम्म ५ खेल खेले पनि जित्न सकेको छैन । म्यानमारले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको थियो ।
प्रतियोगितामा नेपाल सहित म्यानमार, लेबनान र कीर्गिस्तान सहभागी थिए । लिगमा म्यानमार विजेता र नेपाल उपविजेता बन्दै फाइनल खेल्न लागेका हुन् ।