वीरगन्ज । प्रेस सेन्टर नेपाल पर्साले मधेस प्रदेशमा पर्साबाट निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ ।
संगठनका पर्सा अध्यक्ष शिवनाथ प्रसाद यादवको अध्यक्षतामा आईतबार भएको कार्यक्रममा सेन्टरका मधेस प्रदेश अध्यक्षमा निर्वाचित पर्साका नीरज पिठाकोटे, सचिव रञ्जित पाण्डे र सदस्य शब्दर हुसैन शाहलाई सम्मान गरेको हो ।
निर्वाचित अध्यक्ष पिठाकोटे, सचिव पाण्डेय र सदस्य हुशैनलाई प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश इञ्चार्ज गोविन्द देवकोटा र पर्सा अध्यक्ष शिवनाथ प्रसाद यादव, सचिव अजित कुमार भूजेल लगायत कार्यसमितिले अविर र खादा लगाएर सम्मान गरेका थिए ।
सम्मान गर्दै केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश इञ्चार्ज गोविन्द देवकोटाले मधेस प्रदेशमा संगठन निर्माण र विस्तारमा सशक्त ढंगले लाग्न निर्देशन दिए ।
नेपाल पत्रकार महासंघमा देशका सातवटै प्रदेश मध्य मधेस प्रदेशले उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै आगामी दिनमा महासंघ अझ बलियो उपस्थिति जनाउने गरी संगठन परिचालन गर्न सुझाव दिए ।
सम्मान कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय प्रतिनिधि सन्तोष पौडेल, कार्यसमिति पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको प्रेस सेन्टर नेपाल पर्साका सचिव अजित कुमार भूजेलले जानकारी दिए ।