वीरगन्ज । नेकपा (माओवादी केन्द्र) निकटको पत्रकार संगठन प्रेस सेन्टर नेपाल मधेस प्रदेशको अध्यक्षमा नीरज पिठाकोटे मगर सर्वसम्मत चयन भएका छन् ।
महोत्तरीको बर्दिवासमा शनिबार सम्पन्न पाँचौ अधिवेशनबाट पर्साका नीरज पिठाकोटे मगरको अध्यक्षतामा २१ सदस्यीय मधेस प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको हो । पिठाकोटे मगर कारोबार आर्थिक राष्ट्रिय दैनिकका मधेस ब्यूरो तथा tribunenewsnp.com सम्पादक पनि हुन् ।
उनको नेतृत्वमा रहेको प्रदेश समितिको बरिष्ठ उपाध्यक्षमा गोपाल गुप्ता (सप्तरी), उपाध्यक्ष रामएकबाल महरा (धनुषा), महासविच जिवछ यादव उदासी (सिराह), सचिव, रमेश साह (बारा), सचिव ओम किशोर चौधरी (रौतहट), सचिव रञ्जित पाण्डे (पर्सा), सचिव दिपेन्द्र यादव (सप्तरी), कोषाध्यक्ष निरन्जन साह (महोत्तरी) चयन भएका छन् ।
यस्तै सदस्यहरुमा विष्णु गुप्ता, इशारा लामा, रामनारायण ठाकुर, अनुभक्त चौधरी, भरत सोनार (सरार्फ), सब्दर हुसैन शाह, महेन्द्र मण्डल, प्रतिभा झा, सन्तोष कुमार लामा, सुमन लामा, उमेश धलान, मुकेश कुमार महतो, महेन्द्र सहनी सर्वसम्मत चयन भएका छन् ।
महिला उपाध्यक्ष सहित केही पद रिक्त रहेकोले आगामी बैठकमा पदपूर्ति गरिने प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश इञ्चार्ज गोविन्द देवकोटाले जानकारी दिए ।