काठमाडौं । सत्तारुढ दलहरूको बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बस्न लागेको हो ।
संसद्को जारी अधिवेशन, विकसित पछिल्लो राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा सत्तासाझेदार दलका शीर्ष नेताहरू सहभागी हुने बताइएको छ ।
यस अघि शुक्रबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो ।