छत्तीसगढको बिजापुर जिल्लाको नेसनल पार्क क्षेत्रको जङ्गलमा सुरक्षा बलसँग भएको मुठभेडमा कम्तीमा १२ जना नक्सलवादी (माओवादी) मारिएको अधिकारीहरूले आइतबार बताएका छन् ।
बस्तर प्रहरी अधिकारीहरूका अनुसार आइतबार बिहान जङ्गलमा मुठभेड भएको थियो । बिजापुर जिल्लाको नेसनल पार्क क्षेत्रमा भएको मुठभेडमा १२ जना नक्सलवादी मारिएको सरकारी अधिकारीले जनाएका छन् । मुठभेडमा दुई जवानको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । त्यस क्षेत्रमा खोजी अभियान जारी रहेको बताएका छन् ।